आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा ।

हेटौँडाः बागमती प्रदेश सरकारले प्रदेशमा एक निर्वाचन क्षेत्र एक प्राङ्गारीक मल कारखाना विस्तारतर गर्ने निर्णय गरेको छ । आइतबार बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशमा माटोको स्वक्षता कायम गर्दै गुणस्त सुधार गर्न प्रङ्गारीक मलको प्रयोगलाई प्रत्साहन गर्ने बताउँदै कारखाना विस्तार गर्ने निति लिएको जानकारी दिनुभयो ।

प्रदेशका नाकरिकलाई खाद्य तथा पोषण सुरक्षाको प्रत्याभुति गराउने निति लिएको बताउँदै कृषि क्षेत्रको व्यावसायीकरण मार्फत प्रदेश सरकारलाई कृषिमा आत्म निर्भर गराउने निति लिएको बताउनुभयो । संघिय सरकारबाट तोकिए बाहेकका कृषि उपजको न्युनतम सर्मथन मुल्य तोक्ने कार्यलाई निरन्तरता दिने । कृषि उत्पादनको उत्पादकत्व वृद्धि गर्न समुदायमा आधारीत कृषि कार्यलाई प्रोत्साहन गर्ने छ । प्रदेशमा कृषि तथा पशुपंछी उत्पादन वृद्धी गर्न स्थानिय तहलाई पकेट क्षेत्र घोसणा गरि कार्यक्रम सञ्चालन गर्ने छ । प्रदेश सरकारले कृषि क्षेत्रमा प्रदान गर्दै आएको अनुदान प्रोत्साहनको व्यवस्थालाई पुनरावलोकनगरी सवै किसिको पहुँज सुनिश्चितता गर्ने छ । बाँजो जग्गाको सदुपयोग गर्न बैज्ञानिक निति तय गरि करार खेति कार्यक्रमलाई निरन्तरता दिने छ । फलफुलको व्यवसायीक उत्पादनको लागि आधुनिक नर्सरी स्थापनागरि सम्भाव्य क्षेत्रहरुमा समुदायमा आधारीत फलफुल विकास कार्यक्रम सञ्चालन गरिने छ ।

प्रदेश कृषि विकास सम्बन्धी कानुन निर्माण गरि कार्यान्ययनमा ल्याइने छ । कृषक परिचय पत्र अभियानलाई सर्थकता बनाउन प्रदेशमा रहेको किसानलाई व्यवसायीकताको आधारमा वर्गीकृत परिचय पत्र वितरण गर्ने छ । कृषि रुपान्तरणको आधार प्रविधि र पुर्वाधार भन्ने अभियानको अभिवृत्तीको लागि आवश्य पर्ने प्रविधि र औजार उपलब्ध गराउँदै कृषि पुर्वाधार निर्माणको कार्यक्रम सञ्चालन गर्ने छ । कृषि जन्य उत्पादन ब्रान्डीङ र बजारीकरणलाई प्रशोधन गर्ने छ । प्रदेशमा खेति भएको रैथाने जातको बालिको पहिचान, प्रयोग, संरक्षण र प्रवर्धन गर्दै उत्पादन उपभोग तथा बजारीकरण गर्ने निति लिने छ । प्रदेश सरकारको साथ किसानलाई राहात भन्ने अभियानको साथमा प्राकृतिक र गैर प्रकृतिक विपदबाट प्रभावित कृषकलाई राहत उपलब्ध गराउने छ । माछा पालन व्यवसायलाई व्यवस्थित र विस्तारित गर्दै मत्स्य क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिने प्रमुख यादवले बताउनुभयो ।