सहभागी बालबालिका तस्वीर ।

हेटौंडाः बालबालिकाको कार्ययोजनालाई बजेटमा समेट्नुुुपर्ने माग गरिएको छ । हेटौंडा–८ को बाल भेलाबाट आगामी कार्ययोजना तयार गरेर बालमैत्री क्रियाकलाप सञ्चालन गर्न बजेट समावेश हुनुपर्ने बताइएको हो ।

यस्तै, सुर्तीजन्य पदार्थ बिक्रीवितरण विरुद्ध जनचेतना जगाउन, छुट्टै बालकक्षको व्यवस्था, विद्यालय बाहिर रहेका बालबालिकालाई पुनः विद्यालय ल्याई तथा आर्थिक अवस्था कमजोर विद्यार्थीलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गर्न बजेट छुट्याउन वडासँग माग गरिएको छ । बालबालिकामा गरेको लगानी ल्याउँछ सुनौलो बिहानी भन्दै वडासमक्ष कार्ययोजना पेश गरी बजेट माग गरिएको हो ।

बाल समूह सञ्जालको आयोजनामा भएको भेलामा बालबालिकाको समस्यालाई पहिचान गरी ती समस्याहरु समाधान गर्न कहिले, कहाँ, के कार्यक्रम गर्ने भनि योजनासहित वडालाई शनिबार ध्यानाकर्षण गरिएको हेटौंडा–८ वडाका बालमैत्री सहजकर्ता रोजिता दंगालले जानकारी दिनुभयो ।