इन्टर्याक्ट क्लब बालजागृतिका कार्यसमितिहरु ।

हेटौंडाः रोटरी क्लब अफ हेटौंडाको अभिभावकत्वमा इन्टर्याक्ट क्लब अफ बालजागृति स्थापित भएको छ । शनिबार एक समारोहका बीच बालजागृतिमा १० कक्षामा अध्ययनरत छात्रा रोमिशा तामाङको अध्यक्षतामा इन्टर्याक्ट क्लब अफ बालजागृति गठन गरिएको हो ।

अन्तर्राष्ट्रिय स्वयंसेवी संस्था रोटरी इन्टरनेशनलको सदस्य संस्थाको रूपमा ३१ बर्ष अघि स्थापित रोटरी क्लब अफ हेटौंडाले इन्टर्याक्ट क्लब गठन भएको हो । इन्टर्याक्ट क्लब १२ बर्षदेखि १८ बर्षसम्मका विद्यार्थीको सहभागितामा गठन गर्ने गरिएको रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष सुयश पराजुलीले जानकारी दिनुभयो । हेटौंडा–४, स्थित रोटरी क्लब अफ हेटौंडाको सभाकक्षमा इन्टर्याक्ट क्लबको पदस्थापन समारोहमा रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष सुयश पराजुलीले इन्टर्याक्ट क्लब अफ बालजागृतिकी अध्यक्ष रोमिशा तामाङलाई सपथ ग्रहण गराउनु भयो ।

पदस्थापन समारोहमा रोटरी क्लब अफ हेटौंडाका पूर्वअध्यक्ष, रोट्रयाक्ट क्लब अफ हेटौंडाका अध्यक्ष मिलन ढकाल, बालजागृति इंग्लिस सेकेण्डरी स्कुलको व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तिमल्सिना, सन्चालक समितिका अध्यक्ष दिनेश प्रसाद भण्डारी, प्रिन्सिपल विनोद सुवेदीको पनि उपस्थिति रहेको थियो ।