बाल श्रम प्रयोग भए, नभएको अनुगमन गरिँदै।

हेटौंडाः संयुक्त अनुगमन टोलीले बुधबार हेटौंडा बजारक्षेत्रमा श्रमिकको रुपमा काम गरिरहेका ४ जना बालबालिकालाई उद्दार गरेको छ । हेटौंडा उपमहानगरपालिका, स्थानीय प्रशासन, श्रम कार्यालय, प्रहरी, अधिकारकर्मी, सञ्चारकर्मी सम्मिलित संयुक्त अनुगमन टोलीले हेटौंडा–१०, बसपार्क क्षेत्रमा रहेका होटलबाट ३ जना बालिका र एकजना बालकलाई उद्दार गरेको छ ।

डाँफे होटलमा कार्यरत १५ वर्षीय बालक र १५ वर्षीया बालिका, धादिङ होटल एण्ड लजमा कार्यरत १३ वर्षीया बालिका, गण्डकी होटल एण्ड लजमा कार्यरत १५ वर्षीया बालिकालाई उद्दार गरिएको हो । यस्तै एक साताअघि अनुमगन गर्दा मूनलाइट गेष्टल हाउसमा बालश्रम प्रयोग भएको थियो भने यसपटक भने नभेटिटएको प्रहरीले जनाएको छ ।