छतिवन उपशाखाका नवनिर्वाचित पदाधिकारीको सामूहिक तस्वीर ।

हेटौंडाः मकवानपुर जिल्लाका दुई वटा रेडक्रस उपशाखाको निर्वाचन भएको छ । नेपाल रेडक्रस सोसाइटी पालुङ उपशाखा र छतिवन उपशाखाको निर्वाचन भएको हो । आइतबार पालुङ उपशाखाको निर्वाचनबाट केदारप्रसाद विडारीको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति चयन भएको रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखा कार्यालयका प्रमुख लक्ष्मण भट्टराईले जानकारी दिनुभएको छ ।

पालुङ बजारमा भएको निर्वाचनबाट उपसभापतिमा सावित्री ढकाल, सचिवमा राजुप्रसाद ढकाल, कोषाध्यक्षमा राजनप्रसाद ढकाल, उपसचिवमा राजनप्रसाद बिडारी, उपकोषाध्यक्षमा मिनप्रसाद ढकाल, सदस्यमा तुलसा विष्ट, गोपाल प्रसाद ढकाल, बलराम ढकाल, अन्नत ढकाल र विष्णु प्रसाद ढकाल चयन हुनुभएको छ ।

पालुङ उपशाखाको निर्वाचनपछि सामूहिक तस्वीर खिचाउँदै ।

यसअघि शनिबार भएको छतिवन उपशाखाको निर्वाचनबाट भरतप्रसाद सापकोटाको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित हुनुभएको छ । छतिवन उपशाखाको उपसभापतिमा मोहन कुमारी न्यौपाने, सचिवमा गोवद्र्धन गौतम, कोषाध्यक्षमा होमनाथ चौलागाई, उपसचिवमा गोविन्द चौलागाई, उपकोषाध्यक्षमा दोमनाथ पाण्डे, सदस्यमा मञ्जु दाहाल, अमर लामा, श्यामकुमार दाहाल, प्रकाश बस्नेत र विजय लामा चयन हुनुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका सभापति लालबहादुर थापाको नेतृत्वमा जिल्लाका प्रतिनिधिको सहभागितामा दुवै उपशाखाको निर्वाचन भएको हो । छतिवन उपशाखाको साधारणसभामा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने र उपाध्यक्ष भक्त बहादुर खत्रीको पनि उपस्थिति रहेको थियो ।