हेटौंडाः हेटौंडा–१२ मा एक वृद्धको भीरबाट लडेर मृत्यु भएको छ । सोमबार साँझ हेटौंडा–१२ स्थित जनप्रिय सामुदायिक वन क्षेत्रको भीरबाट लडेर ६६ वर्षीय सिताराम बर्तौलाको मृत्यु भएको स्थानीय कुमार पोखरेलले जानकारी दिनुभएको छ ।
हेटौंडा–१२, रमनटारका स्थायीबासी बर्तौला हाल हेटौंडा–१९, क्याम्पाडाँडामा बसोबास गर्दै आएका थिए । सोमबार साँझ भीरबाट लडेर मृत्यु भएका बर्तौलाको शव स्थानीयले मंगलबार बिहान देखेका थिए । स्थानीयले प्रहरीलाई खबर गरेर शव पोष्टमार्टमका लागि पठाएका थिए ।