विद्यार्थीलाई पाठ्यपुस्तक हस्तान्तरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती ।

हेटौंडाः मकवानपुुरको मनहरी गाउँपालिकामा रहेको पशुपतिनाथ माविले अन्तर्राष्ट्रिय पुस्तक दिवसको अवसर पारेर आइतबार विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले विद्यालयका बालबालिकालाई पुस्तक वितरण गर्नुभयो ।

सरकारले ठूूलो धनराशी खर्च गरेर सामुुदायिक विद्यालयमा पाठ्यपुस्तक निशुल्क उपलब्ध गराएको हुँदा विद्यार्थी पाठ्यपुस्तक जतन गरेर अध्ययन गर्न गाउँपालिका अध्यक्ष कालाखेतीले आग्रह गर्नुभएको छ । अभिभावकले आफ्ना नानीबाबुुहरुको अध्ययनमा कुुनै समस्या भए विद्यालय व्यवस्थापन समिति वा गाउँपालिकालाई जानकारी गराउन आग्रह गर्नुंहुँदै अध्यक्ष कालाखेतीले शिक्षामा परिवर्तन देखिने गरी काम गर्ने पालिकाको योजना रहेको दावी गर्नुभएको छ । बालबालिकाको पढाइप्रति अभिभावकले पनि चासो राख्न सुुझाव दिनुहुँदै अध्यक्ष कालाखेतीले सामुुदायिक विद्यालयको शिक्षा सुुधारका लागि सबैले आआफ्नो स्थानबाट भूूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भानुुभक्त आचार्य, विव्यसका शिक्षक प्रतिनिधि ईश्वर रिजालले अन्तर्राष्ट्रिय पुस्तक दिवसको महत्वपूूर्ण अवसरमा विद्यालयमा विद्यार्थीलाई पाठ्यपुुस्तक वितरण गर्ने अवसर मिलेको बताउनुभयो । पाठ्यपुस्तक वितरण कार्यक्रममा अभिभावकको पनि उपस्थिति रहेको थियो ।