रक्तदान गर्नुहुँदै जिसस प्रमुख घलान र मन्त्री मोक्तान ।

हेटौंडाः हेटौंडा–१२, पदमपोखरीमा रक्तदान कार्यक्रम भएको छ । मंगलबार भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । नेकपा माओवादी केन्द्रको हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तान, जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख ललित घलानले पनि रक्तदान गर्नुभयो ।

नव वर्ष २०८० को अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । बुधबार मकवानपुर बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम हुँदैछ । यस्तै बिहीबार सिटिजन बैंकको हेटौंडा शाखाले पनि रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैशाख महिनामा नियमित रक्तदान कार्यक्रम भइरहेकोले रगतको सहज वितरणका लागि पर्याप्त रगत रहेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभएको छ ।