हेटौंडाः राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेशस्तरीय प्रतियोगितामा मकवानपुरले सुखद् सुरुवात गरेको छ । आइतबार बिहानबाट सुरु भएको प्रतियोगिताको खाना खाने समयअघि नै मकवानपुरले २ स्वर्ण जितेको छ ।
मकवानपुरका लागि १ सय मिटर दौडमा आयुष नेगीले स्वर्ण पदक जितेका छन् । यस्तै ४ सय मिटर रिले दौडमा सुमन योन्जन, दिपेश राई, सुजन राई र आयुष नेगीको समूहले पनि स्वर्ण पदक जितेका छन् ।
मकवानपुर जिल्लाबाट ८४ जना खेलाडी सहभागी छन् । मकवानपुर जिल्ला खेलकुद विकास समितिले ५ दिन बन्दप्रशिक्षणको समेत व्यवस्था गरेर यस पटक खेलाडीको मनोवल उच्च बनाएको छ । प्रदेशस्तरीय प्रतियोगिता हुँदै राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतीजा हासिल गर्ने लक्ष्यसहित तयारी गरिएको मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीले बताउनुभएको छ ।











