हेटौंडाः मकवानपुर जिल्लाको बकैया गाउँपालिका–६, सुधामा अपाङ्गता भएकी महिलालाई जबर्जस्ती गरेको अभियोगमा एक वृद्ध पक्राउ परेका छन् ।
शनिबार दिउँसो १ बजेको समयमा ७७ वर्षीय दुध बहादुर बम्जनले ४० वर्षीया अपाङ्ग महिलालाई जबर्जस्ती करणी गरेको भनी प्रहरीमा जानकारी प्राप्त भएलगत्तै बम्जनलाई पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । महिलाको घरमै पुगेर बम्जनले जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । प्रहरीले बम्जनलाई नियन्त्रणमा लिई स्वास्थ्य परीक्षण गराई प्रहरी चौकी हातिसुडेमा राखेर थप अनुसन्धान गरिरहेको छ ।











