सांकेतिक तस्विर ।

हेटौंडाः हेटौंडा उपमहानरगपालिका वडा नम्बर १५ स्थित चुरियामाई मन्दिरबाट लागुऔषध नाईट्राभेटसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिबार वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ह १३७२ नम्बरको अटोलाई शंका लागि सुरक्षाजाँच गर्दा अटोमा लुकाई छिपाई ल्याएको लागुऔषध नाईट्राभेट २ सय ९९ ट्यावलेट फेला पारि ३ जनालाई पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा कन्चनपुर जिल्ला भिमदत्त नगरपालिका–१८, भगतपुर घर भई हाल नवलपरासी गैंडाकोट नगरपालिका–१ ब्रिटिशक्याम्प रोड बस्ने २७ वर्षीय सन्तोष सिंह, अटोमा सवार चितवन जिल्ला भरतपुर महानगरपालिका–२ क्षेत्रपुर बस्ने बर्ष ३५ वर्षीय ईश्वर श्रेष्ठ र अटोमा सवार सोहि ठाँउका ३४ वर्षीय रमेश घले रहेको प्रहरीले जनाएको छ । लागुऔषधसहित ३ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।