हेटौंडाः लघुवित्त वित्तीय संस्थाको विरोधमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा अनिश्चितकालीन विरोध तथा धर्ना प्रदर्शन भएको छ । लघुवित्त वित्तीय संस्थाविरुद्ध संघर्ष समिति नेपाल मकवानपुरका अध्यक्ष सूर्य राईको नेतृत्वमा बुधबारबाट धर्ना सुरु गरिएको हो ।
देशव्यापीरुपमा सञ्चालित रिले अनसनलाई ऐक्यबद्धता जनाउँदै लघुवित्त संस्थाहरुको ज्यादतीको विरुद्ध अनिश्चितकालीन बिरोध गरिएको अध्यक्ष राईले बाताउनुभयो । धर्नामा लघुवित्त वित्तीय संस्थामा रहेको महिला समूहहरुको उपस्थिति रहेको थियो । लघुवित्त संस्थाहरुले गाँठाउँमा जाने र ८–१० जना महिलाहरुको समूह गठन गरी ऋण लागानी गर्दै आएको उहाँको भनाई रहेको छ । लघुवित्तबाट एक लाख ऋण लिँदा संस्थाले २० हजार काट्ने र ऋणीको हातमा ८० हजारमात्र पर्ने गरेको राई बताउनुहुन्छ ।
२–४ जना ऋणीहरुबाट काटिएको रकम लघुवित्तले अरु व्यक्तिलाई ब्याजमा लगाउने भएकाले यसको अन्त्यका लागि आफूहरु आन्दोलनमा उत्रिनुपरेको उहाँले बाताउनुभयो । नवसामन्तीको रुपमा स्थापित लघुवित्त संस्थाको खारेज गर, लघुवित्त संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर, समाजवादी अर्थतन्त्रको विकास गर भनि पाँच बुँदे मागसहित धर्ना बसेका हुन् ।











