हेटौंडाः विद्यालय व्यवस्थापन समितिको प्रथम सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । मंगलबार र बुधबार भएको सम्मेलनमा विद्यालय व्यवस्थापन समितिको केन्द्रीय कार्यसमिति र विद्यालय व्यस्थापन समिति बागमती प्रदेशको कार्यसमिति समेत गठन गरिएको छ ।
काभ्रे जिल्लाका पूर्णराज लामाको नेतृत्वमा ९९ जना केन्द्रीय कार्यसमिति सर्वसम्मत् चयन गरिएको छ । यस्तै नुवाकोटका भाग्यश्री लामाको नेतृत्वमा २५ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । सम्मेलनले हेटौंडा–९ स्थित प्रगति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पराजुलीलाई प्रदेश कार्यसमितिको सचिव पदमा सर्वसम्मत चयन गरिएको छ ।
हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समीम खानलाई आरक्षण कोटातर्फ केन्द्रीय कार्यसमितिको सचिव पदमा चयन गरिएको छ । हेटौंडा–९ स्थित प्रगति माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य सीता अधिकारीलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका केन्द्रीय निवर्तमान अध्यक्ष कृष्ण नेपालको सभाध्यक्ष तथा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्मेलन भएको हो । सम्मेलनले हामी सुधार्छौं हाम्रो विद्यालय घोषणापत्र समेत जारी गरिएको पराजुलीले जानकारी दिनुभयो । ५ वर्षे कार्यकालका लागि कार्यसमिति चयन गरिएको जानकारी दिनुभयो । महानगरपालिकाबाट ४ जना, उपमहानगरपालिकबाट ३ जना र प्रत्येक पालिकाबाट १÷१ जना विद्यालय व्यवस्थापन समितिको प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।











