हेटौंडाः भीमफेदी गाउँपालिका वडा नम्बर ५ को प्रशासनिक भवन शिल्यान्यास भएको छ । छबेलीमा भीमफेदी–५ निवासी पूर्णबहादुर बलले प्रदान गर्नुभएको ९ आना जग्गामा वडा कार्यालयको भवन निर्माण सुरु गरिएको हो ।
चलनचल्तीको मूल्यमा २७ लाख रुपैयाँ पर्ने जग्गा बल परिवारले ६ महिनाअगावै पालिकाको नाममा दान गरेको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताउनुभयो । आइतबार भवनको शिल्यान्यास पालिका अध्यक्ष लामाले गर्नुभएको हो । भवन १ वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष राखिएका अध्यक्ष लामाले बताउनुभयो । १ करोड ९९ लाखको लागतमा साढे दुई तले भवन निर्माण हुने अध्यक्ष लामाले जानकारी दिनुभयो । गाउँपालिकाको आन्तरिक स्रोतबाट भवन निर्माण गर्न लागिएको उहाँको भनाई छ । अहिले वडा कार्यालयले भाडाको घरबाट सेवा प्रदान गर्दै आएको छ ।