झुल तथा सरसफाइ सामग्री वितरण गर्दै हेटौंडा–१ का वडाध्यक्ष सविन न्यौपाने ।

हेटौंडाः हेटौंडा–१ स्थित बाँझोडाँडाका ३५ घरधुरीलाई झुल तथा सरसफाइ सामग्री वितरण गरिएको छ । मंगलबार झुल, हार्पिक, सेनेटरी प्याडलगायत स्वास्थ्य तथा सरसफाइ सामग्री वितरण गरिएको हो ।

हेटौंडा लेडी जेसीजको आयोजनामा सामग्री वितरण गरिएको हो । कार्यक्रम संयोजक कुशु पण्डितको संयोजकत्वमा सामग्री वितरण गरिएको बताइएको छ । हेटौंडा लेडी जेसीजको वर्ष २०२३ को बोर्ड सल्लाहकार पवनकुमार कंसाकार र राजदेव बानियाँले सामग्री सौजन्य गर्नुभएको हो ।

हेटौंडा लेडी जेसीज अध्यक्ष दीलमाया घर्तीको सभाध्यक्ष तथा हेटौंडा–१ का वडाध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यमा सामग्री वितरण गरिएको हो । कार्यक्रममा वडा सदस्यहरु ईश्वरी रसाइली, मनु दाहाल रामकृष्ण अधिकारी, हेटौंडा जेसीजका उपाध्यक्ष विकेशलाल श्रेष्ठ, बोर्डका पदाधिकारी सरस्वती थिङ केसीलगायतको उपस्थिति थियो ।