विद्यार्थीलाई सम्बोधन गर्नुहुँदै मन्त्री एका लाल श्रेष्ठ ।

हेटौंडाः स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नजिएसँगै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को सम्पर्क कार्यालय मंगलबार उद्घाटन गरिएको छ । आउँदो चैत्र ५ गते निर्वाचनलाई लक्षित गर्दै हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसको गेड नजिकै बागमती प्रदेश सरकार श्रम रोजगार तथा यातायात मन्त्रालयका मन्त्री एका लाल श्रेष्ठले कार्यालयको उद्घाटन गर्नुभएको हो ।

कार्यालयको उद्घाटन गर्नुहुँदै मन्त्री श्रेष्ठले स्ववियुबाट भोलि चुनाव जित्न सके स्ववियुु स्थापित हुने बताउनुभयो । जसले विद्यार्थीको हकहितको निम्ति काम गर्दा अनेरास्ववियुबाट स्ववियु र स्ववियुबाट अनेरास्ववियु हुनु सकारात्मक विषय रहेको बताउनुभयो । मकवानपुर बहुमुखी क्याम्पसको भविष्यसँग जोडिएकाले चुनाव जित्छु भन्ने उच्च मनोबलका साथ चुनावको प्रक्रिया र तयारीमा लाग्न उम्मेदावारीलाई मन्त्री श्रेष्ठले आग्रह गर्नुभयो ।

व्यक्ति–व्यक्ति मात्र नभई सिंगो प्यानल जिताउन आव्हान गर्दै विद्यार्थीसँग मन्त्री श्रेष्ठ पनि मत माग्न मकवानपुर बहुमुखी क्याम्पस पुग्नुभएको थियो । निर्वाचनको भेला भ्रम छर्न सक्ने पहिला त्यसलाई चिर्नुपर्ने र निर्वाचनका लागि आफूले पनि सहयोग गरिने प्रतिबद्वता जनाउनुभयो । अहिले विद्यार्थीलाई राजनीति बुझाउने र चिनाउन अनेरास्ववियुको उत्तरदायी भूमिका रहेको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।