हेटौंडाः नेकपा एमालेले संघीय संसदमा दलको सचेतकमा महेश कुमार बर्तौलालाई चयन गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले फागुन २५ गतेको मितिमा पत्र लेखी बर्तौलालाई संसदीय दलको नेतामा मनोनयन गर्नुभएको हो ।
फागुन २५ गते पार्टी अध्यक्षले सचेतकमा नियुक्त गर्ने निर्णयको पत्र तयार पार्नुभए पनि आइतबार मात्रै बर्तौलाले पत्र प्राप्त गर्नुभएको हो । बर्तौला मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ । नेकपा एमालेको बागमती प्रदेश कमिटीको उपसचिव बर्तौला पार्टी अध्यक्षको विश्वास पात्रको रुपमा रहनुभएको छ ।












