हेटौंडाः हेटौंडा–८, ओमनगरस्थित बाबा मसला उद्योगमा आगलागी हुँदा करिब डेढ करोड बराबरको क्षति भएको छ । शुक्रबार दिउँसो १ बजेर ५० मिनेटको समयमा उद्योगको मसला प्याकिङ गर्न राखिएको प्लास्टिक र कागजको गोदाममा एक्कासी आगलागी हुँदा १ करोड ३० लाख रुपैयाँ बराबरको क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
आगलागी भएको भन्ने खबर प्राप्त हुनसाथ हेटौंडा उपमहानगरपालिकाबाट २ दुई वटा बारुणयन्त्र र प्रहरी टोली खटिएको थियो । स्थानीयको समेत समन्वयमा ३ बजेर ४५ मिनेटको समयमा आगो पूर्णरुपमा नियन्त्रणमा आएकोे थियो । आगलागीको कारण खुल्न सकेको छैन ।