हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–४, गरगरेमा एक वृद्ध छतबाट खसेर गम्भीर घाइते हुनुभएको छ । बकैया–७, हात्तिखोलाका ८० वर्षीय आईते माझीलाई उपचारका लागि चितवन जिल्लास्थित पुरानो मेडिकल कलेज पु¥याइएको छ । घाइते माझीको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरले जनाएको छ ।

बिहीबार बिहान ३ बजेको समयमा बकैया–४, गरगरेस्थि छतिवन स्वास्थ्य चौकीमा आयोजना गरिएको आँखा शिविरमा सहभागी भई मोतिविन्दुको शल्यक्रिया गरेर बस्नुभएका माझी पिसाब फेर्न भनी निस्के क्रममा स्वास्थ्य चौकी भवनको एक तल्ला माथिबाट खस्नुभएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।