हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ लोथरमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किदा पैदलयात्री घाइते भएका छन् । आज दिउँसो १२ बजेको समयमा पुर्व–पश्चिम सडकखण्डमा चितवनबाट मनहरीतर्फ आउँदै गरेको बा.प्र.०३००२ प ४८०८ नम्बरको मोटरसाइकल र सोहि दिशाबाट आउँदै गरेको ना ३६ प १४१० नम्बरको मोटरसाइकल आपसमा ठोकिएको थियो ।
दुईवटा मोटरसाइकल आपसमा ठोकिएर लड्दा बाटोमा उभिनु भएको ५५ वर्षीया बिष्णु माया दहाल घाइते हुनु भएको छ । दहालको शरिरको विभिन्न भागमा चोट लागेर उपचारको लागि भरतपुरको पुरानो मेडिकल कलेज पठाइएको छ । घाइतेको अवस्था मध्यम रहेको र दुबै मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । दुर्घटना भएपश्चात् प्रहरी चौकी सुनाचुरी मकवानपुरबाट प्रहरी सहायक निरीक्षक बन्के गुरुङको कमाण्डमा प्रहरी टोलि खटिएको थियो ।