अधिवेशन उद्घाटनमा सहभागी अतिथिहरु ।

हेटौंडाः नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ मकवानपुरको ९ औं जिल्ला अधिवेशन हेटौंडामा सुरु भएको छ । नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।

दुई दिनसम्म हुने अधिवेशनले नयाँ नेतृत्वको जिल्ला कार्यसमिति चयन गर्नेछ । अधिवेशनमा नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष भरत लम्साल लगायत जिल्लाभित्रका शिक्षकहरुको उपस्थिति रहेको छ । शिक्षक संघ मकवानपुरमा १४ सयभन्दा बढि शिक्षकहरुको आबद्ध रहेका छन् ।