हेटौंडाः नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको तेस्रो साधारणसभा आज शुक्रबारबाट हुने भएको छ । शनिबारसम्म चल्ने साधारणसभा दोलखा जिल्लाको जिरीमा हुँदैछ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यमा साधारणसभा हुने जनाइएको छ । साधारणसभामा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ, पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, जिल्ला अध्यक्षहरु र सबै प्रदेश परिषद् सदस्यहरुको उपस्थिति रहनेछ ।