हेटौंडाः मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडास्थित तरकारीको थोक बजारमा आज तरकारीको थोक मूल्यमा सामान्य परिवर्तन भएको छ । हिजो बुधबारको तुलना केही तरकारीमा मात्रै सामान्य हेरफेर भएको व्यवसायीको भनाइ छ । हिजोको तुलना आज गोलभेँडाको मूल्यमा ५ रुपैयाँ कम भएको छ । आज गोलभेँडा २० देखि २५ रुपैयाँ प्रतिकेजी कारोबार भएको छ ।

रायोको साग हिजो भन्दा ५ रुपैयाँ बढेर प्रतिमुठा २० रुपैयाँमा कारोबार भएको व्यवसायी बद्रि घिमिरेले जानकारी दिनुभयो । बोडी आज १० रुपैयाँ सस्तो भएर प्रतिकेजी ५० रुपैयाँमा विक्री भएको छ । थोक बजारमा आज हरियो फर्सी पनि आएको छ । हरियो फर्सी प्रतिकेजी २० रुपैयाँमा विक्री भएको छ । तरकारी बजारमा थोक मूल्य सस्तो भए पनि उपभोक्ताले तरकारीको मूल्य बढी तिरिरहनु परेको गुनासो गरेका छन् । तरकारी बजारको भीड व्यवस्थापन गर्न तरकारी व्यवसायी संघले स्वयम्सेवक समेत परिचालन गरेको छ ।