मुख्यमन्त्री शालिकराम जमकट्टेल ।

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मंगलबार विश्वासको मत लिनु भएको छ । उहाँलाई प्रदेश सभामा १ सय ५ मत प्राप्त भएको छ । प्रदेश सभा संचालन भएको ३० दिन भित्र मुख्यमन्त्रीले विश्वासको मत लिनु पर्ने व्यवस्था अनुसार मंगलबार बागमती प्रदेश सभा बैठकमा विश्वासको मत लिनु भएको हो ।

जमकट्टेल ७० जना प्रदेश सभा सदस्यको समर्थनसहित बहुमतको आधारमा मुख्यमन्त्री बन्नुभएको थियो । उहाँलाई ६ दलले समर्थन गरेको छ । मुख्यमन्त्री जमकट्टेललाई नेपाली काङ्ग्रेसका ३७ मत, नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद १ सय ५ सांसदहरुले विश्वासको मत दिएका छन् ।

नेपाल मजदुर पार्टी (नेमकिपा) का ३ जना सांसदहरुले भने जमकट्टेलको विपक्षमा मतदान गरेका थिए । मुख्यमन्त्रीलाई विश्वासको मत दिए पनि नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने भएको छ । नेमकिपा पनि प्रतिपक्षमा बस्ने भएको छ ।