हेटौंडाः बागमती प्रदेशको उपसभामुखको निर्वाचन आज सोमबार हुँदैछ । आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकले उपसभामुखको निर्वाचन गर्नेछ ।

संवैधानिक ब्यवस्था अनुसार पहिलो संसद बैठकको १५ दिन भित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने ब्यवस्था अनुसार आज १५ दिन पुग्ने भएकोले बैठक राखिएको हो ।

उपसभामुखको लागि सत्ता गठवन्धनको तर्फबाट एमालेकी अप्सरा चापागाईँ, नेपाली कांग्रेसकी सुना परियार तथा नेपाल मजदुर किसान पार्टीकी गिता काफ्लेले उम्मेदवारी दिएका छन् । ७ दलीय गठबन्धनको सत्ता भागबण्डामा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा र उपसभामुख एमालेको भागमा परेको थियो।