नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराउँदै शिवराज अधिकारी ।

हेटौंडाः बागमती प्रदेशको सभामुखको निर्वाचनको लागि नेपाली कांग्रेसबाट शिवराज अधिकारीले उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँले आज दिउँसो १ बजेको समयमा उम्मेदवारी दर्ता गर्नुभएको हो ।

अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा राम कृष्ण चित्राकार रहनु भएको छ । अधिकारी समानुपातिक प्रदेश सांसद हुनुहुन्छ । बागमती प्रदेशमा नेपाली कांग्रेसका ३७ जना सांसदहरु रहेका छन् ।