हेटौंडाः मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको ९ औं वार्षिक साधारण सभा अहिले हेटौंडामा भईरहेको छ । कार्यक्रम संघका अध्यक्ष रामहरी न्यौपानेको सभाध्यक्षता तथा बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा सुरु भएको हो ।
कार्यक्रममा संघका कोषाध्यक्ष बिमल ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको छ । संघको शेयर पुँजी १ लाख १५ हजार रुपैयाँ रहेको देखिन्छ । जसमा जगेडा कोष ४९ हजार ६ सय रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । बहुउद्देश्यीय सहकारी संघमा जिल्लाका १९ वटा सहकारी आबद्ध रहेका छन् ।











