हेटौंडाः मकवानपुरगढी–४, कालिखोलास्थित रुद्र बहादुर पाख्रिनको शालिकमा २० औं स्मृति सभा गरिएको छ । बिहीबार नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक सर्केश घलानको सभाध्यक्षता तथा बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा स्मृति भएको हो ।
स्मृति सभामा पख्रिनकी पत्नि राममाया पाख्रिनलाई सम्मान गरिएको छ । स्मृति सभामा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, गढी गाउँपालिकाकी उपप्रमुख मानकुमारी पाख्रिन नेपाली लगायतको उपस्थिति रहेको थियो । रुद्र बहादुर पाख्रिन उपप्रमुख मानकुमारी पाख्रिनकी ससुरा समेत हुनुहुन्छ ।











