हेटौंडाः हेटौंडा १९ गोदाबारी फ्याक्ट्री अगाडि सवारी दुर्घटना हुँदा मोटरसाइकल चालक घाईते भएका छन् । सोमबार राती ८ बजेर २० मिनेटको समयमा ना ६५ प ४२४६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।
वीरगञ्जबाट पोखरातर्फ आउँदै गरेको ग २ ख ६९२ नम्बरको बसले अर्काे सवारी साधनलाई ओभरटेक गर्ने क्रममा बिपरित दिशाबाट जाँदै गरेको मोटरसाइकल अनियन्त्रित हुँदा चालक घाईते भएका हुन् । मोटरसाईकल चालक चितवन जिल्लाको राप्ती नगरपालिका २ गड्यौली बस्ने २९ वर्षीय सुमन ठकुरीको शरिरको विभिन्न भागमा चोट लागेको छ ।
घाईते ठकुरीको चुरेहिल अस्पताल हेटौंडामा उपचार भईरहेको छ । दुर्घटना हुने मोटरसाईकल, बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।











