साधारणसभाको उद्घाटन गर्नुहुँदै बागमती प्रदेश सरकारका भौतिक पुर्वधार राज्यमन्त्री सन्त बहादुर चेपाङ ।

हेटौंडाः चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाको १३ औं वार्षिक साधारण सभा सुरु भएको छ । संघका अध्यक्ष कपिल खड्काको सभाध्यक्ष तथा बागमती प्रदेश सरकारका भौतिक पुर्वधार राज्यमन्त्री सन्त बहादुर चेपाङको प्रमुख आतिथ्यमा सोमबार कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री चेपाङले नेपाली संस्कृती जोगाउने चलचित्र निर्माण गर्नुपर्ने बताउनुभएको छ । चलचित्र निर्माण गर्दा चेपाङ जस्ता अन्य लोपुन्मुख जातिहरुको कथालाई समेट्न पनि उहाँले आग्रह गर्नुभएको छ । साधारणसभामा बन्दसत्र केहीबेरमा सुरु हुनेछ । साधारण सभाले नयाँ कार्यसमिति चयन गर्नेछ ।

कार्यक्रममा चलचित्र पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष कुमार अधिकारी, निवर्तमान अध्यक्ष तथा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल लगायतको उपस्थिति रहेको थियो ।