हेटौंडाः मोबाईल एशोसिएशन अफ नेपाल मकवानपुरको अध्यक्षमा नवराज चौलागाई निर्वाचित हुनु भएको छ । शनिबार भएको एशोसिएशनको ११ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनबाट चौलागाईको प्यानल नै निर्वाचित भएको हो ।
नवराजले प्रतिस्पर्धी कुमारमणि त्रिपाटीलाई ५४ मतअन्तरले पराजित गरेका थिए । चौलागाईले ८६ मत प्राप्त गर्दा त्रिपाटीले ३२ मत प्राप्त गरेका थिए । एक मत भने बदर भएको थियो । एशोसिएशनको वरिष्ठ उपाध्यक्षमा हरिप्रसाद न्यौपाने, उपाध्यक्षमा रोहिणी प्रसाद गौतम, महासचिवमा राजकुमार दाहाल, सचिवमा लक्ष्मण निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा शिवराज बास्तोला र सह कोषाध्यक्ष अमोद बानियाँ निर्विरोध निर्वाचित भएका छन् । यस्तै, सदस्यहरुमा एदिस रिजाल, जीवनाथ अधिकारी, सुमन रायमाझी, पुष्पराज गौतम, सुनील प्रसाद सुवेदी, सुरेश लामा वाईबा निर्वाचित भएका छन् ।