हेटौंडाः जिल्ला बार एसोसियसन मकवानपुरको साधारणसभा तथा अधिवेशन सुरु भएको छ । हेटौंडा–२, सिद्धार्थ माविमा सुरु साधारणसभा जिल्ला बारका अध्यक्ष ऋषि केबीको अध्यक्षता तथा जिल्ला अदालत मकवानपुरका न्यायधिस ऋषिराम निरौलाको प्रमुख आतिथ्यतामा भएको हो ।

साधारणसभाको अवसरमा बारका पुर्व जिल्ला अध्यक्षहरुलाई सम्मान गरिएको छ । जिल्ला बारका पुर्व अध्यक्षहरु गोपाल शर्मा विडारी, शिवबहादुर कोइराला, इश्वरराज ढकाल, अजमिर केसी र निवर्तमान अध्यक्ष इश्वरी अधिकारीलाई सम्मान गरिएको छ । साधारणसभा शनिबारसम्म चल्नेछ । साधारणसभाले जिल्ला बारको नयाँ कार्यसमिति चयन गर्नेछ ।