पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी दिँदै ।

हेटौंडाः पेट्रोलियम पदार्थको मूल्यवृद्विविरुद्ध “हामी बाँच्न चाहन्छौं” हेटौंडाले नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाउने भएको छ । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै “हामी बाँच्न चाहन्छौं” हेटौंडाका प्रस्तुतकर्ता दिनेश फुयालले इन्धन मूल्यविरुद्ध निगमलाई ज्ञापनपत्र बुझाउने बताउनुभयो ।

हाल बजारमा खाद्य वस्तु तथा दैनिक जीवनयापनमा आवश्यक वस्तुहरुको मूल्यवृद्धिले जनताको जीवनस्तरमा असर परेको फुयालले बताउनुभयो । यसको मुख्य कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धि रहेको फुयालको भनाइ छ । नेपाल सरकारले जनताले प्रयोग गर्ने डिजेलमा ४८ रुपैयाँ र पेट्रोलमा ६६ रुपैयाँ कर लिएर जनताको जीवनस्तरमा असर पारिरहेको भन्दै निगमको ध्यानाकर्षण गराउन लागिएको हो ।