हेटौंडाः सानिमा बैंकको १८ औ वार्षिकोत्सवमा हेटौंडामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सानिमा बैंक हेटौंडा शाखामा भएको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेको शाखाका सम्बन्ध अधिकृत मधुसुदन अधिकारीले बताउनुभयो ।
रक्तदान कार्यक्रममा ३१ जना पुरुष र ३ जना महिलाले रक्तदान गरेको उहाँले जानकारी दिनुभयो । सानिमा बैंक हेटौंडा शाखाका प्रबन्धक रोशन मल्लको सभाध्यक्षतामा भएको रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाले प्राविधिक सहयोग गरेको थियो । अहिले हेटौंडामा रगतको अवस्था मध्यम रहेको रक्त सञ्चार केन्द्र हेटौंडाका प्राविधिक विष्णु रिमालले बताउनुभयो ।