इम्प्लान्ट लगाएपछि सामुहिक तस्विर खिचाउँदै ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको आयोजनामा आइतबार हेटौंडा १५ चिप्लेटीमा इम्प्लान्ट शिविर भएको छ । शिविरमा १७ जना महिलालाई इम्प्लान्ट लगाईएको हेटौंडा उपमहानगरपालिकाकी सिनियर अनमी निरीक्षक मुना थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपमहानगरपालिकाको नियमित कार्यक्रम अन्तर्गत इम्प्लान्ट शिविर आयोजना गरिएको हो । स्थानीयको मागको आधारमा उपमहानगरपालिकाको क्षेत्र भित्र शिविर संचालन गर्ने उहाँले बताउनुभयो । इम्प्लान्ट महिलाको पाखुराको छालाभित्र घुसाएर राख्ने गर्भ निरोधक परिवार नियोजनको साधन हो । यो साधन गर्भ धारण रोक्नका लागि धेरै सुरक्षित र भरपर्दो रहेको अनमी थापाले बताउनुभयो ।

उहाँका अनुसार खासगरी महिलाहरुको महिनावारीको पहिलो सात दिनभित्र इम्प्लान्ट लगाउनु पर्छ । चिप्लेटी शहरी स्वास्थ्य केन्द्रको सहकार्यमा शिविर संचालन भएको हो ।