हेटौंडाः हेटौंडा–२ स्थित साइराम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २३ करोडभन्दा बढी लगानी गरेको छ । शनिबार आयोजित संस्थाको १४ औं वार्षिक साधारण सभाको अवसरमा चालु आर्थिक वर्ष २०७८/७९ मा संस्थाले २३ करोड ६१ लख ६३ हजार रुपैयाँ लगानी गरेको जनाएको छ ।
संस्थाको वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार संस्थामा २ हजार १ सय २० सेयर सदस्य रहेकोमा २ करोड ६८ लाख ३ हजार रुपैयाँ सेयर रहेको छ । संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ मा २२ करोड ९६ लाख २९ हजार रुपैयाँ बचत गरेको छ । यसलाई बढाएर आगामी वर्षमा २७ करोड ५५ लाख ५५ हजार रुपैयाँ पुर्याउने संस्थाले लक्ष्य लिएको छ ।
संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिडेटकी उपाध्यक्ष शान्ति अधिकारीको प्रमुख आतिथ्य रहेको थियो । साधारण सभामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विष्णुगोपाल महर्जन र हेटौंडा उपमहानगरपालिका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेलको पनि आतिथ्य रहेको थियो ।