हेटौंडाः कतारमा जारी २२ औं संस्करणको विश्वकप फुटबलमा आज बुधबार ४ खेल हुँदैछ । आज समूह “ई” र समूह “एफ”को समान दुई—दुई खेल हुनेछ । विश्कप अन्तर्गत बुधबार हुने पहिलो खेलमा समूह “एफ”मा रहेको क्रोशियाले मोरोक्को विरुद्ध प्रतिस्पर्र्धा गर्नेछ ।
उक्त खेल नेपाली समय अनुसार दिउँसो ३ बजेर ४५ मिनेटमा एल बएट रंगशालामा सुरु हुनेछ । यस्तै दोस्रो खेलमा समुह “ई”मा रहेको जर्मनी र जापानबीच प्रतिस्पर्धा हुनेछ । सो खेल नेपाली समय अनुसार साँझ ६ बजेर ४५ मिनेटमा खालिफा इन्टरनेशनल रंगशालामा सुरु हुनेछ ।
त्यस्तै तेस्रो खेलमा समूह “ई” मा रहेको स्पेन र कोस्टारीकाबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति ९ बजेर ४५ मिनेटमा एल थुम्मामा रंगशालामा सुरु हुनेछ । त्यस्तै आज हुने अन्तिम खेल अर्थात् चौथो खेलमा समूह “एफ”मा रहेको बेल्जियमले क्यानाडासँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल नेपाली समय अनुसार राति १२ बजेर ४५ मिनेटमा अमेढ बिन अलि रंगशालामा सुरु हुनेछ ।