हेटौंडाः प्रदेश सभा सदस्य निर्वाचनमा क्षेत्र नम्बर १ र २ मा गठबन्धनको अग्रता कायमै रहेको छ । प्रदेश सभा क्षेत्र नम्बर १ मा गठबन्धनको तर्फबाट उम्मेदवार नेकपा माओवादी केन्द्रकी कुमारी मुक्तानको अग्रता रहेको छ भने क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका ईन्द्र बहादुर बानियाँको अग्रता रहेको छ ।
क्षेत्र नम्बर १ मा ३१ हजार १ सय ९३ मत गणना गर्दा मुक्तानले १४ हजार १ सय १६ मत प्राप्त गरेकी छिन् । यस्तै, क्षेत्र नम्बर २ मा ३१ हजार ८ सय ८२ मत गणना गर्दा नेपाली काँग्रेसका बानियाँ १४ हजार ९ सय ४० मतसहित अगाडी रहेका छन् । क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार विष्णु प्रसाद ढकाल १३ हजार ४ सय २३ मतसहित दोस्रो स्थानमा रहेका छन् ।
राप्रपाका राम बहादुर घलेले १ हजार ९ सय ३ मत प्राप्त गरेका छन् । हालसम्मको मत गणनामा १ हजार ३२ मत बदर भएको छ । यस्तै, क्षेत्र नम्बर २ मा नेकपा एमालेका लाल बहादुर थापा मगरले १३ हजार ३ सय ९९ मत सहित दोस्रो स्थानमा रहेका छन् । राप्रपाका बद्री बहादुर खड्काले १ हजार ५ सय ७९ मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर २ मा १ हजार १ सय २८ मत बदर भएको छ । मत गणना जारी रहेको छ ।