हेटौंडाः प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनको तर्फबाट उम्मेदवार नेकपा माओवादी केन्द्रकी कुमारी मुक्तानको अग्रता कायमै रहेको छ । ३१ हजार १ सय ९३ मत गणना गर्दा मुक्तानले १४ हजार १ सय १६ मत प्राप्त गरेकी छिन् ।
यस्तै, नेकपा एमालेका उम्मेदवार विष्णु प्रसाद ढकाल १३ हजार ४ सय २३ मतसहित दोस्रो स्थानमा रहेका छन् । राप्रपाका राम बहादुर घलेले १ हजार ९ सय ३ मत प्राप्त गरेका छन् । हालसम्मको मत गणनामा १ हजार ३२ मत बदर भएको छ । मत गणना जारी रहेको छ ।