हेटौंडाः मकवानपुर जिल्लामा बुधबार ८२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार २४ घण्टाको अवधिमा ८२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
बुधबार डेंगु संक्रमण पुष्टि हुनेमा ६७ जना हेटौंडा उपमहानगर क्षेत्रका छन् भने मनहरी गाउँपालिकाका १३ जना छन् । यस्तै एकजना मकवानपुरगढी गाउँपालिकाका छन् भने एकजना जिल्लाबाहिरका नागरिक छन् । हालसम्म ५ हजार ६ सय ४८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।