पुरस्कार वितरणपछि सामुहिक तस्विर खिचाउँदै ।

हेटौंडाः वादविवाद प्रतियोगितामा जिएसका आदर्श पोखरेल प्रथम भएका छन् । शुक्रबार प्याब्सन नगर कमिटी हेटौंडाको आयोजनामा सनराइज बोर्डिङ स्कुल, पदमपोखरीमा भएको वादविवाद प्रतियोगितामा जी.एसका आदर्श पोखरेल प्रथम भएका हुन् ।

यस्तै प्रतियोगितामा नवोदय शिशु सदनकी दर्शना सापकोटा द्धितीय, कृष्ण आदर्श सेकेण्डरी स्कुलकी श्रेया पराजुली तृतीय र जेम्स बोर्डिङका रिभिषण हुमागाई र सनसाइज बोर्डिङ स्कुलका विजय तामाङ सान्त्वना भएका छन् । कार्यक्रम प्याब्सन नगर कमिटीका अध्यक्ष रामकुमार श्रेष्ठको सभाध्यक्ष तथा सर्जक सञ्जाल मकवानपुरको अध्यक्ष निमेष निखलको प्रमुख आतिथ्यमा भएको थियो ।

प्रतियोगितामा १६ वटा विधालयका २५ जना विध्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र दिइएको छ । त्यस्तै प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने विद्यार्थीलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै प्रतियोगिताको निर्णायकमा साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपाने र साहित्य संगम मकवानपुरका सचिव डिबी बर्तौला रहनु भएको थियो ।