हेटौंडाः मकवानपुरमा मंगलबार आठ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले मंगलबार दिउँसो सार्वजनिक गरेको तथ्याङ्क अनुसार आठ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा मनहरी गाउँपालिकाका सात जना र राक्सिराङ गाउँपालिकाका एक जना रहेका छन् । योसँगै जिल्लामा डेंगु पुष्टिको संख्या ५ हजार ३ सय ५३ जना पुगेको छ ।