विरोध खतिवडा । फाइल तस्वीर ।

हेटौंडाः गठबन्धनको चुनावी प्रचारप्रसारमा जानु भएको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेद्वार विरोध खतिवडालाई नेवारपानीमा अभद्र व्यवहार भएको छ । मंगलबार दिउँसो २ बजेको समयमा मनहरी गाउँपालिका वडा नम्बर ४ मा गठबन्धनको चुनावी कार्यक्रममा गाडीबाट झरी कार्यकर्तालाई भेटघाट गर्ने क्रममा उहाँमाथि अभद्र व्यवहार भएको प्रहरीले जनाएको छ ।

हेटौंडा २ चौकिटोल बस्ने अन्दाजी ५०/५५ वर्षीय पुरुषोत्तम खड्काले अभद्र व्यवहार गरेका हुन् । खड्काले मापसे गरी पुरानो रिसईबिको कारण अभद्र व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । खड्कालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।