हेटौंडाःहेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको समृद्ध युवा बचत कोषको अध्यक्षमा दिपेश लामिछाने चयन हुनु भएको छ । शनिबार भएको छैठौं साधारणसभाबाट कोषको अध्यक्षमा लामिछाने चयन हुनुभएको हो ।
साधारणसभाबाट लामिछानेको अध्यक्षतामा ८ सदस्यीय कार्यसमिति चयन गरिएको छ । कोषको उपाध्यक्षमा मनोज सुवेदी, सचिवमा मनोज गौतम र कोषाध्यक्षमा रोशन श्रेष्ठ चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा सञ्जय श्रेष्ठ, सुमन लामिछाने, सुशील सुवेदी, नवराज फुयाँल र नवराज दाहाल चयन हुनुभएको छ ।
कोषका अध्यक्ष युवराज गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–७ का वडाध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा हेटौंडा–७ निवर्तमान वडाध्यक्ष राजन थापा क्षेत्री, युवा व्यवसायी तथा समाजसेवी हेम अधिकारी र नवराज खतिवडा लगायतको आतिथ्य रहेको थियो ।