हेटौंडाः रक्तसञ्चार केन्द्र हेटौंडामा “ए” पोजेटिभ र “बि” पोजेटिभ रगत अभाव भएको छ । रगतको माग धेरै भएकोले रक्तदान गर्न रक्तसंचार केन्द्र हेटौंडाले आह्वान गरेको छ ।
अहिले बजारमा रगतको अभाव भएकाले रक्तदान गर्न आह्वान गरिएको रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंकप्रसाद दहालले बताउनुभयो । “ए” पोजेटिभ समूह र “बि” पोजेटिभ समूहको रगतको अभाव भएको उहाँले जानकारी दिनुभयो । दैनिक रगतको माग अत्याधिक बढि रहेको प्रमुख दहालले बताउनुभयो । अहिले केन्द्रसँग रगत मौज्यादमा समेत नरहेको उहाँको भनाई छ । रगतको अभाव भएकाले केन्द्रमा नै गएर पनि रक्तदान गर्न सकिने उहाँले बताउनुभयो ।
यसैबिच, आज शुक्रबार लायन्स क्लब हेटौंडाले आयोजना गरेको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् । अझै पनि हेटौंडामा रगत अभाव रहेको प्रमुख दहालले बताउनुभयो ।











