हेटौंडाः मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावी तालिका अनुसार आज बुधबार उम्मेदवारको नाम फिर्ता लिने दिन रहेको निर्वाचन आयोगले जनाएको छ ।
आज बिहान १० बजे देखि १ बजेसम्म उम्मेदवारी नाम फिर्ता लिने र दिउँसो १ बजे देखि ३ बजे सम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । यस्तै, आजै ४ बजेदेखि ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन आयोगको तालिका रहेको छ ।











