उपाधि विजेता खेलाडीलाई सम्मानपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि विजेता हेटौंडा उपमहानगरपालिका १७ नम्बर वडाको टिमका खेलाडीलाई नगदसहित सम्मान गरिएको छ । गत सोमबार सम्पन्न उपमेयर कप भलिबल प्रतियोगितामा उपाधि विजेता वडाको टिमलाई शुक्रबार एक कार्यक्रमका बीच जनही ३ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

वडा अध्यक्ष उद्धव सत्यालको अध्यक्षता तथा अंगारेश्वर दुग्ध उत्पादक सहकारी संस्थाका प्रमुख गोविन्द नेपालको प्रमुख आतिथ्यमा खेलाडी सम्मान कार्यक्रम भएको हो । कार्यक्रममा वडा सदस्य उर्मिला चुनारा, समाजसेवी सुदिप अर्याल, हेटौंडा उपमहानगरपालिका भलिबल संघका उपाध्यक्ष बिष्णु तिमल्सिना, मकवानपुर जिल्ला भलिबल संघका सदस्य कमल बिडारी, नगर भलिबल संघका सचिब त्रिबिक्रम रुपाखेतीको पनि आतिथ्य रहेको थियो ।