महिला बालबालिका सरोकार केन्द्रको सामुहिक तस्विर खिचाउँदै ।

हेटौंडाः महिला बालबालिका सरोकार केन्द्रमा पुनः सरु बिक सर्वसम्मत चयन हुनुभएको छ । शनिबार भएको केन्द्रको सातौं साधारणसभा तथा अधिवेशनले बिकको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले केन्द्रको उपाध्यक्षमा सपना मुक्तान, सचिवमा मनमाया वाईबा, कोषाध्यक्षमा सञ्जु अधिकारीलाई चयन गरेको छ । यस्तै, सदस्यहरुमा कमला सिन्तान, कमला पाख्रिन र रुकमणि खनाललाई चयन गरिएको छ । केन्द्रकी अध्यक्ष बिकको सभाध्यक्ष तथा हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।