भवनको उद्घाटन गरिँदै ।

हेटौंडाः थाहा नगरपालिकामा रहेको बज्रबाराही माध्यमिक विद्यालयको नवनिर्मित ११ कोठे भवन बिहीबार उद्घाटन गरिएको छ । जापान सरकारको ३ करोड ७५ लाख रुपैयाँ ऋण सहयोगमा निर्माण भएको उक्त भवनको उद्घाटन गरिएको विद्यालयका प्रधानाध्यापक रमेशमान डंगोलले जानकारी दिनुभयो ।

विद्यालयको ९ कोठे भवन प्रशासनिक कार्य , कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी र कक्षा कोठाका लागि प्रयोग हुनेछ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्पना बलामीको सभाध्यक्ष तथा थाहा नगरपालिकाका अध्यक्ष बिष्णुबहादुर बिष्टको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । भौतिकरुपमा शैक्षिक गुणस्तर विकास पनि हुनुपर्ने बिष्टको भनाइ छ । विद्यालयमा ४ सय ७३ जना विद्यार्थी अध्ययनरत् छन् । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमको विशिष्ट आतिथ्य रहेको थियोे ।