हेटौंडाः हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलका विद्यार्थीले वडा दसैंको सन्दर्भमा खाना महोत्सवको आयोजना गरेका छन् । विद्यार्थीले नेपाली समाजको पारम्पारिक खाना बनाएर आमन्त्रित तथा अभिभावकलाई प्रदर्शनी एवम् खाना खुवाएर महोत्सव गरेको हो ।
खाना महोत्सवमा ७ कक्षादेखि १० कक्षाका विद्यार्थीले सहभागिता जनाएका थिए । विद्यार्थीले गिठ्ठा, भ्याकुरजस्ता वनमा आधारित खाद्यान्नसहित कोदोको रोटी, फापरको फुलौरा, मकै गुन्द्रुक, आलु टिक्का, केराको चिप्स, चिउरा, आलु, अचार नास्ता, खिर–पुरी–तरकारी, नेवारी खाजा योमरी, बारा बनाएका थिए । खाना महोत्सवलाई नवलपुर जिल्लाको गैंडाकोट इंग्लिस स्कुलका सञ्चालक, शिक्षकको समूहले पनि अवलोकन गरेका थिए ।
विद्यालय भ्रमणका लागि आइपुग्नुभएका गैंडाकोज स्कूलका सञ्चालक, शिक्षकले महोत्सवको अवलोकन गर्नुभएको हो । विद्यार्थीलाई पाक कला सिकाउनुका साथै मौलिक खानाबारे अभ्यस्त गराउन खाना महोत्सवको आयोजना गरिएको विद्यालयका सहायक प्रिन्सीपल अमुल श्रेष्ठले जानकारी दिनुभएको छ ।